सुदूर नेपाललाई विश्वसँग जोड्दै

सीटीईभीटी सुदूरपश्चिमले संस्था छनोटमा बदमासी गरेको आरोप

२०७६ माघ १०, ०३:१४ खबर संवाददाता

प्राविधिक शिक्षा तथा व्यवसायीक तालिम परिषद सुदूरपश्चिम (सीटीईभीटी) सुदूरपश्चिमले सीपमुलक तालिमका लाथि संस्था छनोटमा बदमासी गरेको आरोप लागेको छ। कैलाली र कञ्चनपुरमा रहेका टेक्नीकल ईन्स्टिुयटहरुले तालिम सञ्चालनका लागि संस्था छनोट गर्दा प्राविधिक शिक्षा तथा व्यवसायीक तालिम परिषदको सुदूरपश्चिम प्रदेश कार्यालयले बदमासी गरेको आरोप लगाएका हुन्।

आज उनीहरुले प्रेस विज्ञप्ती जारी गर्दै संघीयताको मर्म विपरित तालिम सञ्चालनका लागि प्रदेश बाहिरका सस्थाहरुसंग सम्झौता गरिएको भन्दै तत्काल निर्णय सच्याउन माग गरेका छन्। महेन्द्रनगरमा रहेको एम्बिसन, आरवी, सुपरलिंङग, चौलानी, अपि सैपाल र एभरेष्ट टेक्निकल कलेज तथा धनगढीको नेक्सस एजुकेसनले सयुक्त रुपमा विज्ञप्ती जारी गर्दै संस्था छनोटमा बदमासी भएको भन्दै तत्काल निर्णय सच्याउन माग गरेका हुन्। उनीहरुले प्रदेश कार्यालयका निर्देशक नलराम देवकोटाको कार्यकक्षमा ताला लगाएकोमा प्रहरीले खोलिसकेको छ। 

यता सीटिईभीटी प्रदेश कार्यालयका निमित्त प्रमुख कृष्ण खड्काले भने सीपमुलक तालिम सञ्चालनका लागि आवेदन माग गरिएकोमा ८६ संस्थाको आवेदन परेको जानकारी दिए। त्यस्मा पहिलो चरणमा ४६ वटा संस्था छनोट गरिएको बताउँदै उनले अन्तिम छनोट हुन बाँकी रहेको बताए।

कार्यविधी अनुसार ६५ प्रतिशत तालिम सञ्चालनको जिम्मेवारी विभिन्न सरकारी शिक्षालय र प्राविधिक विषय अध्यापन हुने विद्यालयलाई दिईएको छ भने बाँकी ३५ प्रतिशत नीजि कलेजहरुलाई दिने तयारी छ। 
 

कमेन्ट लोड गर्नुस