सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा टिप्परको ठक्करबाट युुवतीको मृत्यु : ६ जना प्रहरी घाईते, चालक पक्राउ

२०७६ माघ १०, ०७:०३ खबर संवाददाता

टिप्परले ठक्करबाट एक युवतीको मृत्यु भएपछि कञ्चनपुर सदरमुकाम महेन्द्रनगर बुधवार साँझ सम्म तनावग्रस्त थियो। महेन्द्रनगर बसपार्क नजिकै चम्मनचोकमा से १ क ८८७ नम्बरको टिप्परको ठक्करबाट भीमदत्त नगरपालिका–१६ गोबरिया बस्ने रमिता भट्टको मृत्यु भएपछि स्थानीयले राती सम्म प्रदर्शन गरको थिए।

सर्वसाधारणले प्रहार गरेको ढुगा लागेर ६ प्रहरी पनि घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरिक्षक नरेन्द्रवहादुर चन्दका अनुसार प्रहरी कर्मचारी भगवती भट्ट, गणेश बोहरा, लोचन बहादुर चन्द र सन्तोषी जोशी लगायतका ६ जना घाईते भएका हुन्।

उनीहरुमध्ये दुई जनाको अवस्था मध्यम छ भने अन्य सामान्य घाईते भएका छन्। प्रहरी नायव उपरिक्षक चन्दले सबैजनाको महाकाली अस्पतालमा उपचार भईरहेको बताए।यस्तै दुर्घटनापछि फरार रहेका टिप्पर चालकलाई भने प्रहरीले पक्राउ गरेको छ। टिप्पर चालक क्ञ्चनपुरको बेतकोट नगरपालिकाका जयराज पनेरुलाई प्रहरीले पक्राउ गरेको हो।

प्रहरीका अनुसार मृतक भट्ट साईकलमा र टिप्पर एकैदिशा तर्फ गईरहेका बेला सुरुमा टिप्परले ठक्कर दिएर भट्टलाई लडाएको थियो। भट्ट लडेपछि पछाडीको टायरले किचेर उनको मृत्यु भएको हो। उनी माघ १३ गते हुने आफ्नै विवाहको कार्ड बाडिरहेकी थिईन्। 
 

कमेन्ट लोड गर्नुस