कञ्चनपुरमा एक घरमा आगलागी
कञ्चनपुरः कञ्चनपुरमा एक घरमा आगलागी भएको छ।
जिल्लाको भीमदत्त नगरपालिका–५ हल्दुखाल सितल टोलका देवेन्द्रबहादुर सिंहको एक तले टायलले छाएको कच्ची घरमा विद्युतको तार सट भइ आगलागी भएको हो।
आगलागी हुँदा घर र घरभित्र रहेका खद्यान्न, लत्ता कपडा, सिलिङ पंखा, फ्रिज लगायतका सामानहरु गरि अन्दाजी एक लाख ५० हजार बराबरको धनमाल जलेर नष्ट भएको छ।
मानविय तथा चौपाया क्षति भने नभएको जिल्ला प्रहरी कार्यालय कञ्चनापुरले जनाएको छ। प्रहरी, स्थानिय र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिईएको हो।