सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा टिप्परको ठक्करबाट मृत्यु भएकी युवतीको सनाखत

२०७६ माघ ९, ०६:१३ खबर संवाददाता

कञ्चनपुर: कञ्चनपुरमा टिप्परको ठक्करबाट मृत्यु भएकी युवतीको सनाखत भएको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार बैतडीको गुरुखोला घर भई हाल कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्वर १६ गोवरीया बस्दै आएकी २० बर्षीय रमतिा भट्टको मृत्यु भएको हो। 

उनको बिहीबार अपरान्ह टिप्परको ठक्करबाट घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जानकारी दिएको छ। जिल्लाको महेन्द्रनगर चम्मनचोकमा भएको उक्त घटनामा  से१क ८८७ नम्बरको टिप्परले साइकलमा गइरहेकी भट्टलाई ठक्कर दिएको थियो। 

घटना लगत्तै चालक फरार भएका छन्। घटनापछि महेन्द्रनगर अहिले तनावग्रस्त भएको छ। चालकले टिपर वेग गरेर किचेको भन्दै स्थानीयले पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गरेका छन्। प्रहरीले घटनास्थलमा तीन राउण्ड अश्रुग्याँससमेत प्रहार गरेको छ। 

कमेन्ट लोड गर्नुस