सुदूर नेपाललाई विश्वसँग जोड्दै

टिप्परको ठक्करबाट युवतीको मृत्यु भएपछि कञ्चनपुर तनावग्रस्त

२०७६ माघ ९, ०६:०३ खबर संवाददाता

कञ्चनपुर: टिप्परको ठक्करबाट युवतीको मृत्युभएपछि कञ्चनपुर तनावग्रस्त भएको छ। बिहीबार अपरान्ह जिल्लाको महेन्द्रनगर, चम्मन चोकमा से१क ८८७ नम्बरको टिप्परको ठक्करबाट एक युवतीको घटना स्थलमै मृत्यु भएपछि तनावग्रस्त भएको हो।

मृत्यु भएकी युवतीको सनाखत नभएको प्रहरीले जनाएको छ। घटना लगत्तै चालक फरार भएका छन्।

ट्राफिक कार्यालयभन्दा ५ सय मिटर पश्चिमतर्फ भएको घटनामा चालकको लापरबाही देखिएको स्थानीयले बताएका छन्।

कमेन्ट लोड गर्नुस