सुदूर नेपाललाई विश्वसँग जोड्दै

ससुराले गरे कान्छी बुहारीको हत्या

सांकेतिक तस्विर
सांकेतिक तस्विर
२०७६ माघ ९, ०५:३१ खबर संवाददाता

एक व्यक्तिले धारिलो हतियार प्रहार गरी बुहारीको हत्या गरेका छन्। दाङको गढवा गाउँपालिका–४ रामनगर बस्ने ६५ वर्षीय कुलमान जोगी कुँवरले २७ वर्षीया कान्छी बुहारी बसन्ती कुँवरमाथि धारिलो हतियार प्रहार गरेका थिए। 

हतियार प्रहारबाट गम्भीर घाइते भएकी बसन्तीको कोहलपुर मेडिकलमा उपचारको क्रममा ज्यान गएको इलाका प्रहरी कार्यालय गढवाले जनाएको छ। 

राति पौने ८ बजेतिर नातिको विवादले कान्छी बुहारीमाथि धारिलो हतियार प्रहार भएको प्रहरीले बताएको छ। 

कमेन्ट लोड गर्नुस