सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा काठ तस्करीमा संग्लन एकजना पक्राउ

२०७६ माघ ९, १२:४२ खबर संवाददाता

सामुदायिक वनको नियन्त्रणमा रहेको काठ अबैध रूपमा चोरी तस्करी गर्दै आएका एक जना पक्राउ गरेका छन्। कैलालीको लम्कीचुहा नगरपालिका वडा नम्बर ६ बागमाराका हेमन्त परियारलाई प्रहरीले पक्राउ गरेको हो।

देउराली सामुदायिक वन उपभोक्ता समितिले संकलन गरेको एक गोलिया सालको काठ तस्करी गरिएको गोप्य सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय लम्कीको टोलीले परियारलाई पक्राउ गरेको छ। सामुदायिक वनको नियन्त्रणमा रहेको १९ हजार ५ सय ३० रुयैँया बराबरको १९ दशमलव ५३ क्यूफिटको सालको गोलिया तस्करीको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको हो।

प्रक्राउ गरि सब–वन डिभिजन कार्यालय लम्कीलाई बुझाईएको छ। डिभिजन वन कार्यालय पहलमानपुरका प्रहुख कृष्ण भट्टले अन्य ब्यक्तीको पनि काठ तस्करीमा सग्लनता हुन सक्ने भएकाले अनुसन्धान भईरहेको बताए। देउराली सामुदायिक वन उपभोक्ता समितिले केही दिनअघि सामुदायिक वन क्षेत्रबाट गोरुगाडामा ल्याउदै गर्दा उक्त गोलिया नियन्त्रणमा लिएको थियो।

कमेन्ट लोड गर्नुस