सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा प्रादेशिक ‘मानवीय सहायता स्थल’ उद्धघाटन

२०७६ माघ ९, ०७:११ खबर संवाददाता

धनगढी ः प्राकृतिक विपद्का बेला आइपर्ने समस्या समाधानका लागि धनगढीमा प्रादेशिक ‘मानवीय सहायता स्थल’ को उद्धघाटन भएको छ। बुधबार आयोजित कार्यक्रममा गृहसचिव पे्रमकुमार राईले ‘मानवीय सहायता स्थल’ उद्धघाटन गरेका हुन्।

गृह मन्त्राल र नेपाल नागरिक उड्डयन प्राधिकरणको सहयोगमा विश्वखाद्य सहयोग कार्यक्रम (डब्लुएफपी) ले धनगढी विमानस्थलसँगै सहायता स्थल निर्माण गरेको हो। १५ हजार ३५ मेट्रिक टन बराबरको मानवीय सहायता सामग्री भण्डारण गर्न सक्ने क्षमता रहेको सहायता स्थलबाट ६० हजारभन्दा बढी व्यक्तिलाई एकैपटक राहत उपलब्ध गराउन सक्ने क्षमता रहेको विश्वखाद्य सहयोग कार्यक्रमकी राष्ट्रिय निर्देशक पेपा ब्रयाडफोर्डले जानकारी दिइन्।

मानव स्थलमा आश्रय सामग्री, स्वास्थ्य तथा स्वच्छता किट्स, पानी सरसफाइ सम्बन्धी उपकरण, बन्दोबस्तीका सामान, इन्धन भण्डारण, सेटलाइट फोन, खोज तथा उद्धारका काममा प्रयोग हुने उपकरणहरु हुनेछन्। काठमाडौंको पछाडि प्रादेशिक सहायता स्थल धनगढीमा उद्धघाटन गरिएको हो। 

मानवीय सहायता स्थलको उद्घघाटन कार्यक्रमका लागि धनगढी आइपुगेकी नेपालस्थित बेलायती राजदूत निकोला पोलिटले नेपाली भाषामा मन्तव्य राख्दै विपद्का बेला सुदूरपश्चिम प्रदेशले मानवीय सहायता स्थलको उपयोग गर्ने विश्वास गरिन्। 
 

कमेन्ट लोड गर्नुस