सुदूर नेपाललाई विश्वसँग जोड्दै

यी व्यक्तिको गर्दन जुन १८० डिग्रीमा घुम्छ

२०७६ माघ ८, १०:३१ खबर संवाददाता

एक बालक अचम्मको रोगका कारण १२ वर्षदेखि गर्दन घुम्ने समस्याबाट पिडित छन्। उनको नाम महेन्द्र अहरीवार हो। भारतमा जन्मेका बच्चादेखि उनको गर्दन १८० डिग्रीको कोणमा घुम्ने गथ्र्यो। गर्दन सिधा गर्नको लागी उनी ५० डाक्टरकोमा गएपनि आजसम्म सीधा भएको भने छैन।

उनी जन्मेको छ महिनादेखि गर्दन घुमाउन शुरु गरेका थिए र केही दिनमा नै १८० डिग्री कोणमा घुमाएका उनका पिता मुकेशले बताएका छन्। उनले विभिन्न डाक्टरको जँचाएपनि आजसम्म समस्या जस्ताको तस्तै रहेको बताएका छन्।

अजीबको रोगबाट पिडित महेन्द्रको गर्दन सहित हात खुट्टा पनि कमजोर भएको छ। अहिले उनी ठिकसंग बस्न पनि नसक्ने भएका छन्। उनलाई शौच गर्न, कपडा लगाउन र खाना खुलाउन पनि उनकी आमा मुमित्राले गर्नुपरेको बताएकी छिन्।

महेन्द्रको पिताले कंस्ट्रक्शनमा काम गर्छन। उनले दैनिक २सय कमाउने गरेपनि त्यति पैसाले घर धान्न मुस्किल भएको मुकेशले बताएका छन्। मुकेशको महेन्द्र सहित तीन जना बच्चा रहेका छन्। यी सबैको जिम्वेवारी उनैमाथी रहेको छ।

कमेन्ट लोड गर्नुस