सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा लुगा धुने क्रममा करेन्ट लागेर एक महिलाको मृत्यु

२०७६ माघ ८, ०६:३७ खबर संवाददाता

धनगढीमा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ। आज दिउसो १ बजेको समयमा धनगढी उप–महानगरपालिका वडा नम्वर १३ बस्ने ४० बर्षीय हरिनादेवी बिष्टको करेन्ट लागेर मृत्यु भएको हो।

आफ्नै घरमा मोटर चलाएर लुगा धुने क्रममा करेन्ट लागेर घाईते भएकी बिष्टको उपचारका लागि सेती प्रादेशिक अस्पताल ल्याउने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक दक्षकुमार बस्नेतले बताए। 
 

कमेन्ट लोड गर्नुस