सुदूर नेपाललाई विश्वसँग जोड्दै

जिप्रका कैलालीको पार्किङबाटै मोटरसाईकल चोरी

२०७६ माघ ८, ०४:२७ खबर संवाददाता

जिल्ला प्रहरी कार्यालय कैलालीको पार्किङबाट मोटरसाईकल चोरी भएको छ। धनगढी उप–महानगरपालिका वडा नम्वर १३ का ३६ बर्षीय गंगाराम चौधरीको से ५ प ३९ नम्वरको मोटरसाईकल जिल्ला प्रहरी कार्यालयको गेट अगाडी नै रहेको पार्किङबाट चोरी भएको हो।

चौधरी मोटरसाईकल पार्किङमा राखेर जिल्ला प्रहरी कार्यालयभित्र छलफलका लागि गएका थिए। उनका भान्जालाई केही दिन अगाडी बसले ठक्कर दिएकोमा सोही विषयामा प्रहरी कार्यालयमा छलफल राखिएको थियो। सो क्षेत्रमा लगाएको सिसीटिभी समेत विग्रीएको छ। 

यता जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक दक्षकुमार बस्नेतले भने मोटरसाईकलको खोजी भईरहेको बताए। खोजतलासका लागि निवेदन आएको बताउँदै उनले खोजी जारी रहेको बताए। प्रहरीले मोटरसाईकल चोरीमा संग्लनलाई पक्राउ गर्न सक्रियता बढाएपछि केही समय चोरी रोकिएको थियो। तर उनीहरु सहजै छुट्न थालेपछि फेरी मोटरसाईकल चोरीका घटना बढेका हुन्। 
 

कमेन्ट लोड गर्नुस