सुदूर नेपाललाई विश्वसँग जोड्दै

हिमपातका कारण बझाङमा ५ करोड क्षती, २ जनाको मृत्यु

२०७६ माघ ८, ०३:३८ डीवि विष्ट

माघ महिनाको अन्तिम साता देखि भएको हिमपातका कारण बझाङमा ठुलो धन जनको क्षती भएको छ। लगातार ४ पटक भएको हिमपातका कारण सुर्मा गाउँपालिकामा २ जनाको मृत्यु भएको छ भने सुर्मा र साईपाल गाउँपालिकामा एक हजार एक सय भन्दा बढी पशु चौपाया मरेका छन्।

हिमपातका कारण सबै भन्दा बढी साईपाल गाउँपालिकामा क्षती भएको छ। साईपाल गाउँपालिकामा हजार बढी भेडा च्याङरा नै मरेका साईपाल गाउँपालिकाका अध्यक्ष राजेन्द्र बहादुर धामीले बताए। भारी हिमपात भएपछि एक करोड ३ लाख बरबरका भेडा च्याङ्राहरु मरेका छन् भने गाउँपालिकाले वितरण गरेका ६ लाख ५० हजार बराबरका विभिन्न जातका फलफुलका बोटहरु नष्ट भएका छन्। 

यस्तै जिल्लाको तल्कोट गाउँपालिकामा २२ लाख ५० हजार मुल्य बराबरको क्षती भएको गाउँपालिकाका अध्यक्ष लाल बहादुर विष्टले बताए। हिमपातका कारण दाँतोली गाड लघुजलविद्युत आयोजना र मल्लो सुगाड लघु जलविद्युत योजनाका पोलहरु ढलेर १५ लाख बराबरको क्षती भएको छ। अहिले विद्युत सेवा पुर्ण रुपमा अबरुद्ध भएको छ।

गाउँपालिकाले वितरण गरेका ३० भन्दा बढी टनेलमा क्षती पुगेर ७ लाख ५० हजार बराबरको क्षती भएको छ। खप्तड छान्ना गाउँपलिका भरि एक करोड २ लाख ३५ हजार मुल्य बराबरको क्षती भएको छ। २ सय ८ भन्दा बढी टनेलमा क्षती भएको छ भने विभीन्न ठाउँमा विद्युतका पोलहरु भाँचीएको र गाउँपालिकाले वितरण गरेका दाँते ओखर, कागती, केराका बोट, लगायतका फलफुहरु पुर्ण रुपमा नष्ट गरीदिएको गाउँपालिकाले जनाएको छ। 

जयपृथ्वी नगरपालीकामा विभिन्न प्रजातीका कागती, अमिलो लागायतका फलफुहरुका बोटहरुमा क्षती पुगेको छ। मष्टा गाँउँपालिमा ४१ लाखको क्षती भएको छ। ३० लाख मुल्य बराबरका टनेलहरुमा क्षती पुगेको छ भने ६ लाख मुल्य बराबरका फलफुहरु र ५ लाख मुल्य बराबरको विद्युतका पोल तथा तारहरुमा क्षती भएको छ। 

सुर्मा गाउँपालिकामा भने २ जना युवकको हिउमा पुरीएर मृत्यु भएको सुर्मा गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष पुष्कल बहादुर बोहराले जानकारी दिए। गाउँपालिकाबाट अनुदानमा वितरण गरीएका १८ लाख ७५ हजार मुल्य बराबरका टनेलहरु नष्ट भएका छन् भने २ लाख २५ हजार मुल्य बराबरका पशु मरेका छन्। 

थलारा गाउँपालिकामा फलफुल तथा तरकारी खेतीमा १० लाख मुल्य बराबरको क्षती भएको गाउँपालिकाका अध्यक्ष भुवनेश्वर उपाध्यायले बताए। दुर्गाथली गाउँपालिकामा समेत जुईली गाड दोस्रो हाईड्रो पावरका पोलहरु भाँचिएका छन्। फलफूल खेतीमा ३० लाखको क्षती भएको छ। केदार स्यँु गाउँपालिकाका अध्यक्ष ईन्द्रबहादुर भण्डारीका अनुसार गाउँपालिकाको वडा नम्बर २, ३, ५, ६ र ७ मा हिमपातका कारण १७ लाखको क्षती भएको छ। 

बुंगल नगरपालिकाको वडा नम्बर ४ र ५ बाहेक अन्य ठाँउमा हिउँले १५ लाख ६५ हजार मुल्य बराबरको क्षती पुगेको छ। जिल्लाको छविसपाथिभेरा गाउँपालिकामा समेत हिमपातले झण्डै एक करोड मुल्य बराबरको क्षती गरेको गाउँपालिकाका अध्यक्ष अक्कल बहादुर धामीले बताए। यस्तै वित्थडचिर गाउँपालिकामा समेत हिमपातले क्षती गरेको छ। 
 

डीवि विष्ट दिनेश एफएमका बझाङ संवाददाता हुन्।

कमेन्ट लोड गर्नुस