सुदूर नेपाललाई विश्वसँग जोड्दै

पत्रकार छत्यालद्वारा जन्मदिनको अवसरमा दृष्टि फाउण्डेसनलाई सहयोग

२०७६ माघ ८, १२:५२ खबर संवाददाता

पत्रकार दिलवहादुर छत्यालले आफ्नो जन्मदिनको अवसरमा दृष्टि फाउण्डेसनलाई सहयोग गरेका छन्। नेपाल पत्रकार महासंघका पूर्व केन्द्रिय सदस्य समेत रहेका नागरिक दैनिकका सुदूरपश्चिम ब्यूरो प्रमुख छत्यालले जन्मदिनको अवसरमा धनगढीमा रहेको दृष्टि फाउण्डेसनलाई सहयोग गरेका हुन्। छत्यालले फाउण्डेसनमै पुगेर फाउण्डेसनकी व्यवस्थापक चन्द्रा तिरुवालई खाद्यान्न, लुगा र फलफूल हस्तान्तरण गरे।

सहयोग हस्तान्तरणपछि छत्यालले भने, ‘नागरिक र समाजप्रति हामीहरुको पनि उत्तरदायित्व हुन्छ। त्यसैमा असहायहरुका लागि सामान्य सहयोगले पनि ठूलो अर्थ राख्छ। सोही उत्तरदायित्व महसुस गर्दै र असहायलाई राहत होस भन्ने उद्येश्यले मैले पनि सहयोग गरेको हुँ।’

फाउण्डेसनमा अहिले मनोरोगी र असहाय गरी ३० जना आश्रीत छन्।
 

कमेन्ट लोड गर्नुस