कैलालीमा अवरुद्ध पूर्व–पश्चिम राजमार्ग सुचारु
कैलालीमा ट्रकको ठक्करबाट एक युवकको मृत्यु भएपछि अवरुद्ध पारिएको पूर्व–पश्चिम राजमार्ग सुचारु भएको छ। मृतकका परिवारलाई नियम अनुसार क्षतीपुर्ती दिने दोषीलाई कानुन अनुसार कारवाही गर्ने सहमतीपछि राजमार्ग सुचारु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक दक्षकुमार बस्नेतले बताए।
जिल्लाको लम्की चुहा नगरपालिका वडा नम्वर २ गणेशपुरमा ट्रकले मोटरसाईकललाई ठक्कर दिदा मोटरसाईकल चालक वडा नम्वर ६ बावनपुरका ३१ बर्षीय रतन बिकको मृत्यु भएपछि स्थानीयले आज पनि पूर्वपश्चिम राजमार्ग अवरुद्ध पारेका थिए।