सुदूर नेपाललाई विश्वसँग जोड्दै

नीमको रुखबाट दूधको धारो बग्न थालेपछि चमत्कार !

। फोटो स्रोत ।
२०७६ माघ ७, ०२:१७ खबर संवाददाता

संसार २१ औँ शताब्दीमा चलिरहे पनि अन्धविश्वासको मायाजाल आजसम्म पनि सबैको मन मस्तिष्कमा बसि नै रहेको छ। 

भारतको झारखण्डस्थित रामगढमा एउटा यस्तै अचम्मको घटना भएको छ । जहाँ एउटा नीमको रुखबाट अचानक दूधको धारो निस्किन थालेपछि मानिसहरु भगवानको चमत्कार भनेर पूजा गरिरहेका छन्। भारतीय सञ्चारमाध्यमका अनुसार रामगढ जिल्लाको भुरकुन्डा पोडा गाउँमा एउटा शिव मन्दिर छ। मन्दिर नजिकै एउटा नीमको रुख पनि छ।त्यहि रुखबाट अहिले दूधको धारो बगेपछि मानिसहरु भगवानको प्रसाद भन्दै पिउन थालेका छन्। साथै रुखको फेदमा पूजा पाठ गर्न पनि शुरु गरेका छन्। यो घटना हेर्नकै लागि मानिसहरुको भीड लागेको छ। कोहि मानिसहरु भने नीमको रुखबाट निस्किएको दूध भरेर घर लिएर जान थालेका छन्।

साथै स्थानीयहरु भ्गवानको प्रसाद भन्दै दूध पिएमा रोगहरु नलाग्ने बताउँदै आएका छन्। मन्दिरका पूजारीले यस्तो घटना चमत्कारी भएको बताएका छन्। एजेन्सी 
 

कमेन्ट लोड गर्नुस