सुदूर नेपाललाई विश्वसँग जोड्दै

एलन मस्कले ३० वर्षमा एक लाख मानिसलाई मंगलग्रह लग्ने

२०७६ माघ ७, १२:५९

अमेरिकी उद्योगपति तथा स्पेसएक्स कम्पनीका मालिक एलन मस्कले आगामी ३० वर्षमा एक लाख मानिसलाई मंगलग्रह लग्ने बताएका छन् । त्यसका लागि उनी स्टारशिप बनाइरहेका छन्। हरेक वर्ष १०० वटा स्टारशिप बनाउने मस्कको योजना छ। स्टारशिप रकेटलाई सन् २०२१ म चन्द्रमामा पठाइनेछ।

त्यहाँ अन्तरिक्ष पर्यटकहरूलाई घुमाइनेछ । त्यसको तीन वर्षपछि मस्कले मंगलयात्राको तयारी गर्नेछन्। स्टारशिप रकेटको तस्वीर मस्कले हालै सार्वजनिक गरेका छन्। रकेटमा एकैपटक १०० जनालाई अन्तरिक्षमा लग्न सक्छ। मस्कले चन्द्रमा र मंगल ग्रहमा स्थायी बस्ती बनाउने योजना रहेको बताए।

सन् २०५० मा आफूहरूले हरेक दिन तीनवटा स्टारशिप पठाउने मस्कले बताए। अर्थात हरेक दिन ३ सय यात्री मंगलग्रह जानेछन। लगभग एक हजार उडान मंगलग्रह जानेछन् अर्थात एक वर्षमा एक लाख यात्री मंगलग्रह पुग्नेछन्। मस्कले त्यसअघि मंगल ग्रहमा इन्धन स्टेसन बनाउनुपर्ने बताए।

त्यहाँ रकेट पुग्दा इन्धन घटेमा मंगलबाटै इन्धन भरेर मानिसलाई पृथ्वी ल्याउन सकिने उनको कथन छ। मस्कले मंगल ग्रह जान कति पैसा लाग्छ भनी खुलाएका छैनन्। तर यात्रीसँग पैसा नभएमा लोन दिने चाहिँ उनले बताए। अनि मंगल ग्रहमा इन्धन स्टेसन बनाएपछि मानिसहरूलाई रोजगारी दिन सकिने मस्कले बताए। स्टारशिप रकेटलाई पुनः उपयोग गर्न मिल्ने र अन्तरिक्ष यात्राबाट फर्केपछि त्यसलाई मर्मत गरेर चलाउन सकिने उनले बताए। एजेन्सी
 

कमेन्ट लोड गर्नुस