सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा चलचित्र महोत्सव हुने

२०७६ माघ ७, ११:२६ खबर संवाददाता

धनगढी– धनगढीमा पिम नेपाल चलचित्र महोत्सव (फिल्म फेस्टिवल) २०१९ हुने भएको छ। आयोजक पिम नेपाल काठमाडौँले मङ्गलवार धनगढीमा पत्रकार सम्मेलन गर्दै माघ ९ गते देखी ११ गते सम्म महोत्सव आयोजना गर्ने जानकारी दिएको हो।

पिम नेपालका अध्यक्ष यादव खरेलले माघ ९ र १० गते निर्माण व्यवसायीको भवनमा र माघ ११ गते बिभिन्न सांस्कृतीक कार्यक्रम सहित धनगढी रङ्गशालामा चलचित्र महोत्सव आयोजना हुने जानकारी दिए। महोत्सवमा माघ ११ गते वरिष्ठ सङ्गीतकार तथा गायक शम्भुजित बास्कोटा, कलाकार वसुन्धरा भुसाल, यम बराल, चक्र बम, लोकनाथ सापकोटा, रामचन्द्र काफ्ले, तेजश रेग्मी र स्थानीय कलाकारहरूको प्रस्तुती रहने आयोजकले जनाएको छ।

कमेन्ट लोड गर्नुस