सुदूर नेपाललाई विश्वसँग जोड्दै

बाजुरामा डेढकिलो चरेससहित वडा सदस्य पक्राउ

२०७६ माघ ६, १०:०३

बाजुरा: बाजुराको बडिमालिका नगरपालिका–९ गैरी बजारमा आइतबार राति डेढकिलो चरेससहित एक वडा सदस्यसहित दुईजना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालयले आज पत्रकार सम्मेलन गरेर चरेससहित दुई जनालाई सार्वजनिक गरेको हो।

प्रहरी नायब उपरीक्षक टङ्कप्रसाद भट्टाईका अनुसार पक्राउपर्नेमा बडिमालिका नगरपालिका–३ रजालीका वडा सदस्य ४० वर्षीय श्यामबहादुर खड्का र गौमूल गाउँपालिका–१ हाल मार्तडीमा होटल व्यवसाय गर्दै आएका देवबहादुर रोकाया रहेका छन्। 

पक्राउ परेका दुवैलाई लागुऔषध अपराध ऐन २०३३ अनुसार कारवाही गरिने प्रहरीले जनाएको छ। 

कमेन्ट लोड गर्नुस