सुदूर नेपाललाई विश्वसँग जोड्दै

अफगानिस्तानमा १८ लडाकूको मृत्यु

फाइल फोटो
फाइल फोटो
२०७६ माघ ६, ०८:२१

अफगानिस्तानमा सुरक्षाकर्मीको कारबाहीमा परी १८ लडाकू मारिएका छन्। 

उनीहरूले अरु १० जनालाई पनि लडाकू नै भएको आशंकामा पक्राउ गरेको अधिकारीहरुले सोमबार जानकारी दिएका छन्।  देशका ३४ प्रान्त मध्ये ११ प्रान्तमा पछिल्लो २४ घण्टाको अवधिमा भएका घटनामा परी उनीहरुको मृत्यु भएको समाचारमा जनाइएको छ। 

त्यसैगरी १४स्थानमा भएका सुरक्षा कारबाहीका क्रममा छ लडाकू घाइते पनि भएको सरकारी अधिकारीले जारी गरेको वक्तव्यमा उल्लेख गरिएको छ।  अफगानी प्रहरी र जासुसी निकायसँग समन्वय गरेर आफ्गानिस्तानको सेनाले लडाकूहरुले प्रयोग गर्दै आएका केही सवारी साधन र हतियारहरू पनि नियन्त्रणमा लिएको छ।

सोही अवधिमा अफगानिस्तानी हवाई सुरक्षा फौजले तालिवान लडाकूहरुलाई लक्षित गरेर आठ हवाई आक्रमण पनि गरेको थियो। -रासस

कमेन्ट लोड गर्नुस