सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीका पत्रकार विष्ट पुरस्कृत

२०७६ माघ ६, ०५:५९ खबर संवाददाता

बैतडी: राष्ट्रिय फोटोपत्रकार समूह एनएफपीजे नेपालले आयोजना गरेको  फोटो प्रतियोगितामा सुदूरपश्चिमवाट बैतडीका पत्रकार विनोदसिंह विष्ट पुरस्कृत भएका छन्।

सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष सन् २०२० सफल पार्नको लागि सहयोग पु¥याउने हेतुले र एनएफपीजे नेपालले आयोजना गरेको “नेपाल दर्शन २०२०” नामक फोटो प्रतियोगितामा विष्टले कैद गरेको फोटो सुदूरपश्चिमवाट उत्कृष्टमा पर्न सफल भएको हो।

पत्रकार विष्टले कैद गरेको सुदूरपश्चिममा मात्रै नाचिँने छलिया नाँचको फोटो उत्कृष्टमा पर्न सफल भएको राष्ट्रिय फोटोपत्रकार समूह एनएफपीजे नेपालका महासचिव प्रदीप राज पन्तले जानकारी दिए।

विष्टलाई सोमवार काठमाडौंमा एक कार्यक्रमकाबिच संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले  १० हजारसहित पुरस्कृत गरका हुन। साथै उक्त फोटोलाई “नेपाल दर्शन २०२०” फोटो पुस्तकमा  प्रकाशन समेत गरिएको छ। उक्त फोटो पुस्तकको समेत सोमवार मन्त्री भट्टराईले बिमोचन गरका छन्।

पत्रकार विष्ट राष्ट्रिय समाचार समिति(रासस) का बैतडी समाचारदाताका रुपमा काम गर्दै आइरहेका छन्। विष्ट बिगत १० बर्षदेखि सक्रिय रुपमा पत्रकारिता गर्दै आएका छन्।  

 

कमेन्ट लोड गर्नुस