कैलालीमा नदिमा डुबेर एकको ज्यान गयो
कैलाली: कैलालीमा नदिमा डुबेर एकजनाको मृत्यु भएको छ। जिल्लाको महोन्याल गाउँपालिका– ७ टुक्कीबजार नजिक रहेको कर्णाली नदिमा डुबेर रामप्रसाद भन्ने व्यक्तिको ज्यान गएको प्रहरीले जनाएको छ।
सोमबार नदिमा बग्दै गरेको अवस्थामा अन्दाजी ५५÷५६ वार्षीय उनलाई इलाका प्रहरी चिसापानीको टोलीले उद्धार गरेको थियो। उद्धार पश्चात बेहोस अवस्थामा रहेका उनलाई नजिकै रहेको लालरत्न अस्पताल अस्पताल पठाइएकोमा उपचारको क्रममा निजको ज्यान गएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव निरिक्षक दक्षकुमार बस्नेतले बताए।
गहुँगोरो र कपाल फुलेको हुलिया भएका मृतकले कालो पाइन्ट, आकाशे रङको सट लगाएका थिए। उनको साथबाट बरेली अस्पतालको पर्चा भेटिएको प्रहरी नायव निरिक्षक बस्नेतले बताए।
सोही पर्चाका आधारमा उनको नाम राम प्रशाद भनेर खुलेको प्रहरीले जानकारी दिएको छ।