सुदूर नेपाललाई विश्वसँग जोड्दै

नेपाली कांग्रेस डोटीले बुझायो प्रधानमन्त्रीलाई विरोधपत्र

२०७६ माघ ५, ०७:४७ खबर संवाददाता

डोटी: प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस डोटीले सूचना प्रविधि विधेयकविरुद्ध प्रधानमन्त्रीलाई विरोधपत्र बुझाएको छ। देशभरका जिल्ला प्रशासन कार्यालयमार्फत विरोधपत्र बुझाउने कार्यक्रम अन्तरगत डोटीमा पनि आज जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई विरोधपत्र बुझाएको हो। 

विधेयक सच्याउन माग गर्दै विरोधपत्र बुझाएको नेपाली कांग्रेस डोटीले जनाएको छ। गत पुस १७ गते बसेको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले सूचना प्रविधि विधेयक तथा नेपाल विशेष सेवा गठन र संचालनसम्बन्धी विधेयकले संविधान प्रदत्त नागरिक अधिकार हनन हुने निष्कर्ष निकालेको थियो। 

उक्त निर्णय अनुसार नै जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीलाई विरोधपत्र बुझाएको नेपाली कांग्रेस डोटीका साभापती प्रदिपकुमार देउवाले बताए।

सूचना प्रविधि विधेयकमा सामाजिक सञ्जालमा कसैलाई निरन्तर जिस्क्याए ५ वर्षसम्म जेल वा १५ लाखसम्म जरिमाना वा दुवै सजाय हुन सक्नेसम्म व्यवस्था छ। विशेष सेवा विधेयक भने संसदमा दर्ता मात्र भएको छ। 
 

कमेन्ट लोड गर्नुस