सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा बसले मोटरसाईकललाई ठक्कर दिदा युवक घाईते

२०७६ माघ ५, ०७:१० खबर संवाददाता

कैलालीमा बसले मोटरसाईकललाई ठक्कर दिदा एक युवक घाईते भएका छन्। निर्माणाधिन मोहनापुल अत्तरिया छ लेन सडक अन्तरगत गोदावरी नगरपालिकाको गेटाको प्रहरी चेक पोष्ट नजिकै धनगढीबाट गईरहेको ना ४ ख ४८६९ नम्बरको बसले विपरीत दिसाबाट आईरहेको र से ३ प ५०८४ नम्बरको मोटसाईकललाई ठक्कर दिदा गोदावरी २ का ३० वर्षीय रामु चौधरी घाईते भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक दक्षकुमार बस्नेतले चौधरीलाई उपचारका लागि अत्तरिया स्थित पद्यमा अस्पताल लगिएको छ। उनको टाउकोमा चोट लागेको छ। बस प्रहरीले नियन्त्रणमा लिएको छ। 
 
 

कमेन्ट लोड गर्नुस