सुदूर नेपाललाई विश्वसँग जोड्दै

डोटीमा जीप दुर्घटना, ६ जना घाइते

२०७६ माघ ५, ०६:२३ खबर संवाददाता

डोटी: डोटीमा जीप दुर्घटना भएको छ। जिल्लाको दिपायल सिलगढी नगरपालिकाको  कुलपातेमा  रहेको नेपाली सेनाको पृतना नजिकै आज दिउँसो चिप्लीएर से १ ज ८६६ नम्बरको जीप दुर्घटना हुदा छ जना घाईते भएको प्रहरीले जनाएको छ।

प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका  अनुसार घाईतेको अवस्था खतरामुक्त रहेको छ। प्रहरीले जीप र चालक  डोटीको बोगटानफुडसिल गाउँपालिका ६ का २२ वर्षीय गणेश चन्दलाई नियन्त्रणमा लिएको जनाएको छ।

कमेन्ट लोड गर्नुस