कैलालीका पत्रकारलाई धम्की दिने कांग्रेस नेताले मागे माफी
कैलाली: कैलालीका पत्रकार घनश्याम पौडेलललाई धम्की दिने कांग्रेस नेताले नरबहादुर कडायतले माफी मागेका छन्। नेपाली कांग्रेस गौरीगंगाका नगर सचिव रहेका उनले मसुरियाका पत्रकार घनश्याम पौडेललाई उनले सामाजिक सञ्जाल मार्फत लखेट्ने धम्कि दिएका थिए।
धम्की पश्चात पत्रकार पौडेलले ईलाका प्रहरी कार्यालय मसुरियामा सुरक्षाको माग गर्दै जानकारी गराएका थिए। पत्रकार पौडेलले प्रहरीमा मौखिक खबर गरेपछि नेता कडायतलाई प्रहरीले बोलाएको थियो। उनले लिखित रुपमा माफी मागेको इलाका प्रहरी कार्यालय मसुरियाले जनाएको छ।
शनिबार दिनेश खबरमा प्रकाशन भएको भारतमा एक करोड चोरी प्रकरणः कांग्रेस नेता धनगढीबाट पक्राउ भन्ने समचारलाई पत्रकार पौडेलले समाजिक सञ्जाल फेसबुकमा सेयर गरेका थिए। उनको कमेन्टमा भवानी राष्ट्रिय माध्यामिक विद्यालयको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका कडायतले ‘तँलाई फेरि पहिले जसरी लखेट्नु पर्छ के हो ?’ भनेर लेखेका थिए। उनले उक्त कमेन्ट अहिले भने हटाइसकेका छन्।
पत्रकार पौडेल मसुरियाबाट पत्रकारीता गर्दै आएका छन्। उनले २०६३ सालमा गौरीगंगा नगरपालिका– ११ मा रहेको पञ्चवती सामुदायिक वनका पदाधिकारीले राती–राती जंगलबाट काठ तस्करी गर्ने गरेको समाचार लखेका थिए। धनगढीबाट प्रकाशन हुने सुदूर सन्देश दैनिकबाट उक्त समाचार प्रकाशन भएको थियो। सामुदायिक वनका पदाधिकारीले पत्रकार पौडेललाई अपहरण शैलीमा राती साविकको सेक्टर वन कार्यालय पहलमानपुर पुर्याएका थिए।
पौडेलको रिहाईका लागि तत्कालिन पत्रकार महासंघ कैलालीका अध्यक्ष दिर्घराज उपाध्याय लगायत पत्रकारको समुह पहलमानपुर पुगेको थियो।