सुदूर नेपाललाई विश्वसँग जोड्दै

गायिका आस्था राउतलाई खोज्दै प्रहरी, आरोप पुष्टि भए १ वर्षसम्म कैद !

२०७६ माघ ५, ०४:२१ खबर संवाददाता

प्रहरीले गायिका आस्था राउतलाई सोधपुछको लागि खोजीरहेको छ। एयरपोर्ट प्रहरीले महानगरीय प्रहरी कार्यालयमा आफूमाथि अभद्र व्यवहार गरेको भन्दै उजुरी दिएपछि प्रहरीले अनुसन्धानका लागि गायिका राउतलाई खोजेको हो।

उनले सामाजिक सञ्जाल फेसबुकमार्फत लाइभ गरेर प्रहरीलाई जथाभावी गाली गरेकी थिइन्। सीसीटीभी फूटेज र प्रतिवेदन महानगरीय प्रहरी कार्यालयमा आइसकेकाले कार्यालयले अनुसन्धान शुरू गरेको बताइएको छ।

काठमाडौं जिल्ला प्रशासन कार्यालयले अभद्र व्यवहार कसूरमा राउतविरुद्ध आइतबार पक्राउ पुर्जी जारी गरेको छ।
 

कमेन्ट लोड गर्नुस