सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा श्रीमतीलाई बलात्कार गरेको आरोपमा व्यवसायी पक्राउ

२०७६ माघ ४, ०५:२५ खबर संवाददाता

धनगढीमा श्रीमतीलाई बलात्कार गरेको आरोपमा व्यवसायी पक्राउ परेका छन्। धनगढी उपमहानगरपालिका वडा नम्बर २ भन्सार रोडमा व्यवसाय गर्दै आएका दिनेश गुप्तालाई श्रीमतीमाथि जबरजस्तीकरणी गरेको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरिक्षक दक्षकुमार बस्नेतले गुप्ताकी श्रीमतीले दिएको जाहेरीका आधारमा उनलाई पक्राउ गरिएको बताए। उनका अनुसार जाहेरीपछि फरार रहेका गुप्तालाई बीहिबार धनगढीबाटै पक्राउ गरिएको हो।  

कमेन्ट लोड गर्नुस