सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीका कमल सोव नेपाल आइडलको उत्कृष्ट १२ मा

२०७६ माघ ४, १०:५३ खबर संवाददाता

धनगढी– धनगढीका कमल सोव नेपाल आइडलको उत्कृष्ट १२ मा पुगेका छन्। नेपाल आइडलको अडिसन धनगढी नभएपछि नेपालगञ्ज अडिसनबाट छनोट भएका सोव निर्णायहरुलाई प्रभावित गर्नन सफल भएपछि उत्कृष्ट १२ सम्म पुगेका हुन्।

अव उनी सुदूरपश्चिम प्रदेशबाट नेपाल आइडलमा प्रतिनिधित्व गर्ने एक्ला प्रतिस्पर्धी भएका छन्। कैलाली टीकापुरका कमल विष्टको नेपाल आइडलको यात्रा भने उत्कृष्ट १७ मै टुङगिएको छ। उत्कृष्ट १२ मा पुगेका सोव भने सानैदेखि संगीतमा रुची राख्थे।

५ कक्षा सम्मको पढाई डोटीको बुडरमा गरेका सोव त्यसपछिको अध्ययनलाई अगाडी बढाउन धनगढी प्रवेश गरेका थिए। माध्यमिक शिक्षा सम्मको पढाई सकेपछि सुदूरपश्चिमाञ्चल एकेडेमीमा भर्ना भएका सोवले स्थानीय स्तरमा आयोजना हुने विभिन्न कार्यक्रममा सहभागीता जनाउँदै आएका थिए।

संगीतकार कुलदिप राईबाट संगीत सिक्ने मौका पाएका उनले धनगढीका विभिन्न व्याण्डहरुमा समेत जोडिने मौका पाएका थिए। 
 

कमेन्ट लोड गर्नुस