सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलाली कारागारभित्र ब्राउन सुगर दिन खोज्ने एक जना पक्राउ

२०७६ माघ ४, ०७:२७ खबर संवाददाता

धनगढी– कैलाली जिल्ला कारागारभित्र पुर्पक्षका लागि थुनामा रहेका एक जनालाई चप्पल भित्र ब्राउन सुगर दिन खोज्ने एक जना पक्राउ परेका छन्। जिल्लाको धनगढी उप– महानगरपालिका वडा नम्बर ८ का शिवनगरका बसन्त खत्रीलाई ब्राउन सुगर दिईरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक दक्षकुमार बस्नेतले पुर्पक्षका लागि थुनामा रहेका टीकापुरका निराजन शाहलाई ब्राउन सुगर दिन खोजेको आरोपमा खत्रीलाई पक्राउ गरिएको बताए। खत्री समेत यसअघि पक्राउ परिसकेका थिए। उनी विरुद्ध चोरीको मुद्दा लागेकोमा १९ दिन हिरासतमा बसेर रिहा भएका थिए। 
 

कमेन्ट लोड गर्नुस