सुदूर नेपाललाई विश्वसँग जोड्दै

गायिका आस्था राउतमाथी मुद्दा चलाउने तयारी

२०७६ माघ ३, ०५:११ खबर संवाददाता

बुधबार प्रहरी कर्मचारीलाई दुव्र्यवहार गरेको प्रारम्भिक प्रतिवेदनका आधारमा गायिका आस्था राउतमाथि कारबाही हुने भएको छ।

बुधबार त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा प्रहरी जवान रमिता श्रेष्ठमाथि दु्व्र्यवहार गरेको प्रतिवेदनका आधारमा प्रहरीले राउतमाथि कारबाही गर्ने भएको हो।

त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले राउत र प्रहरी जवान श्रेष्ठबीच भएको कुराकानीको भिडिओ तथा त्यसबेला रेकर्ड भएको सिसिटिभी फुटेजसमेतको प्रतिवेदन संकलन गरेर महानगरीय प्रहरी कार्यालय रानीपोखरी (मेट्रो)मा पठाएको छ।
उक्त प्रतिवेदनमा जवान श्रेष्ठले आफूमाथि दुर्व्यवहार भएको उल्लेख गरेकी छिन्।

सो प्रतिवेदनको आधारमा राउतमाथि अभद्र व्यवहार गरेको कसूरमा कारबाही गरिने महानगरीय प्रहरी कार्यालय रानीपोखरीले जनाएको छ।

कमेन्ट लोड गर्नुस