सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीबाट उदाएका नायक पुष्प खड्का

२०७६ माघ ३, ०२:३७ खबर संवाददाता

पुष्प खड्का,  पुर्खेउली घर अछाम, जन्म कैलालीको चुहा। तर धेरैलाई उनको जन्मस्थानको बारेमा अहिले पनि जानकारी छैन्। बुवाआमा रोजगारीको शिलशिलामा भारतमा रहेकाले पुष्पले ६ कक्षासम्मको अध्ययन उतै गरे। सो समयमा उनी कराँते र नृत्यमा अग्रसर थिए। 

६ कक्षासम्म भारतमा पढेपछि जन्मथलो कैलाली आएर १० सम्म पढे। एसएलसीपश्चात् भने कञ्चनपुरमा बसेर ‘प्लस टू’मा साइन्स पढे। प्लु टू सकेपछि २०६३ सालमा पुष्प काठमाडौं छिरे। काठमाडौं पुग्नासाथ उनी पढाइसँगै नृत्य पनि सिक्न थाले। पुष्प पढाइभन्दा नृत्यतिर बढी केन्द्रित हुन थालिसकेका थिए।

राष्ट्रिय सभागृह, प्रज्ञा प्रतिष्ठान, पर्यटन बोर्ड लगायतमा हुने सांगीतिक कार्यक्रममा नृत्य प्रस्तुति दिन थालेका थिए। जहाँ गायक तथा कलाकारहरू पनि प्रस्तुति दिन्थे। सानैदेखि नायक बन्ने सोच बनाईसकेका पुष्पलाई चलचित्रमा जानकै लागि पुष्पले नाट्यकर्मी अनुप बरालसँग अभिनय प्रशिक्षण लिइसकेका थिए।

पुष्पले त्यो समय चलेका अधिकांश म्युजिक भिडियो निर्देशकलाई भेटे। एक वर्षसम्म चल्यो पुष्पको त्यो संघर्ष। धेरैका आश्वासन मात्र पाएका पुष्पको भेट एक दिन आलोक नेम्वाङसँग भयो। उनले नै पुष्पलाई पहिलो पटक म्युजिक भिडियोमा अभिनय गर्ने मौका जुराईदिएका हुन्। 

त्यसपछि आलोकले नै धेरै म्युजिक भिडियोमा पुष्पलाई काम गराए। केही म्युजिक भिडियोमा अभिनय गरेपश्चात् पुष्प आलोककै निर्देशनमा बनेको चलचित्र ‘अझै पनि’मा हिरोको साथीको भूमिकामा देखिए। पछि आलोकको निधन भयो। 

उनका डेढ दर्जन बढी भिडियो सार्वजनिक भइसकेका थिए। त्यही समय उनलाई शिव परियारको ‘पिलायो साथीले’ बोलको गीतमा अभिनय गर्नु मौका मिल्यो र उनी धेरै दर्शकको रोजाईमा पार्न सफल भए। 

‘पिलायो साथीले’ गीतमार्फत पुष्पले ‘दर्पण छायाँ–२’मा अभिनय गर्ने मौका पाए। ‘दर्पण छायाँ–२’ मा मुख्य नायकको भूमिकामा अभिनय गरे, त्यसपश्चात ‘मंगलम’मा अभिनय गरे उनले। मंगलम चलचित्र सफल मात्र भएन, पुष्पको कामको खुलेरै तारिफ भयो। त्यसपछि पुष्प अभिनित ‘दाल भात तरकारी’, मारुनी लगायतका चलचित्रमा उनी मुख्य भुमिकामा छन्। उनले उत्कृष्ट अभिनेताको पुरस्कार समेत पाईसकेका छन्। 

नेपाली चलचित्र र म्युजिक भिडियोको क्षेत्रमा जमिसकेका खड्काको जन्मथलो कैलाली हो, भन्ने बारेमा भने धेरै कमलाई जानकारी छ। दिनेश खवरसंग कुरा गर्दै उनले भने, ‘मेरो जन्म कैलाली हो भन्ने बारेमा धेरै कमलाई जानकारी रहेछ। तर पनि म जन्मस्थानमा कहिलेकाँही आईरहेकै हुन्छु। विगत तीन दिनदेखि पनि कैलालीमै छु।’

उनले कैलाली पुगेर असहाय तथा घरबार बिहिन बालकालिकाहरुलाई सहयोग समेत गरेको बताए। कैलालीस्थित बर्दगोरियामा जारी माघी मेलामा पुगेका खड्काले सहारा घरलाई ५० हजार रकम सहयोग गरेका हुन्। उनले बिहानको खाना समेत सहारा घरमा आश्रीतहरुसँगै खाएका थिए। 

 

कमेन्ट लोड गर्नुस