सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा प्रहरी विरुद्ध फेसबुकमा जथाभावी लेख्ने युवक पक्राउ

२०७६ माघ ३, ११:२५ खबर संवाददाता

कञ्चनपुरमा प्रहरी विरुद्ध सामाजिक सञ्जाल फेसबुकमा जथाभावी लेखेको भन्दै एक युवक पक्राउ परेका छन्। जिल्लाको बेदकोट नगरपालिका वडा नम्बर २ बसन्तथलाका २२  वर्षीया पारसमणी जोशीले फेसबुकमा वडा प्रहरी कार्यालय महेन्द्रनगरका प्रमुख प्रहरी निरिक्षक मोहनजंग बुढाथापा विरुद्ध जथाभावी लेखेको भन्दै पक्राउ गरिएको हो।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरिक्षक नरेन्द्रबहादुर चन्दले जोशीलाई सामाजिक सञ्जाल फेसबुकमा जथाभावी लेखेको भन्दै पक्राउ गरी अनुसन्धान भईरहेको जानकारी दिए। चन्दका अनुसार अनुसन्धानपछि जोशी विरुद्ध साईबर अपराध अन्तरगत मुद्धा चलाईनेछ।

जोशीले वडा प्रहरी कार्यालयका प्रमुख प्रहरी निरिक्षक बुढथापा विरुद्ध अश्लील शब्द लेखेर व्यक्तिगत चरित्र हत्या गरी सामाजिक प्रतिष्ठामा समेत खलल पु¥याएको दावी गरिएको छ। 
 
 

कमेन्ट लोड गर्नुस