सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रियंका कार्की विवाह बन्धनमा बाँधिने पक्का, थाइल्याण्डमा मनाउँदै छिन् ‘ब्याचलोरेट पार्टी’

। फोटो स्रोत ।
२०७६ माघ ३, ०९:३७ खबर संवाददाता

नायिका प्रियंका कार्की चाँडै नै विवाह बन्धनमा बाँधिने पक्कापक्की भएको छ। विवाहको मिति निश्चित भएर नै होला उनी अहिले ‘ब्याचलोरेट पार्टी’ मनाउन थाइल्याण्ड पुगेकी छिन्।

प्रियंका मोडल आस्था पोखरेल, डिजाइनर सिवाङ्गी प्रधान, साहाना बज्राचार्यलगायत ६ जनाको टोली सहित अहिले थाइल्याण्डमा मस्ती गरिरहेको उनको इन्स्टाग्राम अकाउन्टमा देख्न सकिन्छ।

प्रियंकाले एकदिन अघि मात्रै आफ्नो इन्स्टाग्राम अकाउन्टमा विमान अगाडि ६ जना बसेर खिचिएको फोटो पोष्ट गरेकी छिन्। जसमा उनले लेखेकी छिन, ‘अनुमान गर्नुहोस् त कसको विवाह हुँदैछ।’ त्यसपछि उनको इन्स्टाग्राममा स्टोरी र भित्ता त्यहाँ मस्ती गरिरहेका भिडियो र तस्बिरले भरिएका छन्।

उता प्रियंका आफ्नो ‘गर्ल ग्याङ्ग’ सँग ब्याचलोरेट पार्टीमा रमाइरहेका बेला प्रेमी आयुष्मान देशराज श्रेष्ठ जोशी भने प्रियंकासँगको फोटो पोष्ट गरेर ‘मिस यु’ भनिरहेका छन्। उक्त तस्बिरमा प्रियंकाले पनि ‘आई मिस यू मोर’ भन्दै कमेन्ट गरेकी छिन्। उनीहरुको यो कमेन्टमा एक प्रयोगकर्ताले लेखेकी छिन, ‘ब्याचलोरेटमा भविष्यका श्रीमानसँग कुरा गर्न मनाही छ।’

प्रियंका र आयुष्मानले गत असर २८ गते आफन्त र निकटस्थहरुको सहभागितामा  इन्गेजमेन्ट गरेका थिए। उनीहरुले आफ्नो डेढ वर्षको सम्बन्धलाई इन्गेजमेन्ट गरेर आधिकारिक रुप दिएका थिए। यद्यपि, उनीहरुको विवाहको मिती भने सार्वजनिक भएको छैन। 

कमेन्ट लोड गर्नुस