Covid-19(Coronavirus) update
World Nepal
Confirmed
Recovered
Deaths

नुनको कथा ! यसको प्रारम्भ कसरी भयो?

खवर संवाददाता
२०७६ माघ ३, ०८:२६
अ+

भाइबहिनी हो, नुन हाम्रो जीवनमा कति आवश्यक छ भन्ने कुरा तिमीहरूलाई थाहा भएकै कुरा हो। तर, के तिमीहरूले यसको इतिहासबारे कहिले सुनेका छौ? आज हामीले तिमीहरू नुन कसरी बन्छ? कहाँ पाइन्छ? यसको प्रारम्भ कसरी भयो? भन्ने बारे सामान्य जानकारी दिँदैछौं।

ऋग्वेदमा नुनबारे कहीँ उल्लेख गरिएको पाइँदैन। त्यसैले वैदिक युगमा यसको प्रयोग थिएन भन्ने मानिन्छ। सृष्टिको प्रारम्भिककालमा दुई प्रकारको भोजन प्रचलित थियो। जंगली काँचो मासु खान्थे र सभ्य, सुसंस्कृत मानिस मासुको अलावा फलफूल तथा दूध, दही खाने गर्थे।

विस्तारै मासुसँगसँगै विभिन्न प्रकारका सागसब्जी पनि खान थाले। त्यहीबेला नुनको आवश्यकता महसुस गरे। यही कारण नुनको खोजी भएको हुन सक्छ। अथर्ववेद, शतपथ ब्राह्मण, छन्दयोग्य उपनिषद् आदि प्राचीन ग्रन्थमा ‘लवण’ का उल्लेख पाइन्छ। अतः यो वैदिक कालको उत्तरार्धमा यसको प्रयोग हुन थालेको थियो। प्राचीनकालमा नुन दुर्लभ थियो। धेरै परि श्रम र खर्च गरेपछि अलिकति पाइएको थियो। त्यसैले यो बहुमूल्य पदार्थ मानिन्थ्यो। संसारभरि यसको एकदमै चर्चा थियो।

युरोपका आदिकवि होमरले नुनको स्वर्गीय पदार्थ मानेर त्यसको गुणगान गरेका छन्। महान् दार्श्निक प्लेटोले नुनलाई ‘देवताहरूको प्यारो पदार्थ’ भनेका छन्। अरबका मानिसले पनि यसलाई दैवी वस्तु मान्थे र हातमा नुन लिएर कसम खान्थे। एक समय नुनको नाममा पर्व प्रत्येक वर्ष मनाउथे।

प्राचीन मि श्रका मानिस नुनलाई दैवी कवच मान्थे र भूत–प्रेत तथा अनिष्ट निवारणको लागि यसको प्रयोग गर्ने गर्थे। रोममा सेलस नामको देवीको पूजा गरिन्थ्यो। ईशापूर्व ३०२ मा उसको नाममा एउटा मन्दिर बनाइएको थियो, जहाँ नयाँ वर्ष, बिरामी भएको बेला र राजाको जन्मदिनमा पूजा गर्थे। त्यही ‘सेलस’ नामक देवीको नामबाट नै नुनको नाम ‘साल्ट’ राखिएको हो।

पहिले समुद्रको पानी नै नुन प्राप्तिको एउटा मात्र साधन थियो। अहिले पनि धेरै देशमा अधिकांश नुन समुद्रबाट नै ल्याइन्छ। तर, अहिले यो कुवाबाट खारिएको पानी वा खानीबाट पनि उपलब्ध हुन्छ। यी सबैको स्वाद, गुण तथा रङमा केही भिन्नता पाइन्छ। जर्मनीमा नीलो, भारतमा गुलाबी, फारसमा खरानी र रातो तथा अफ्रिकामा पहेँलो र बैजनी रङको खनिज लवण पाइन्छ। यसरी नुनको प्रयोग भएको पाइन्छ।

भाइबहिनी हो, तिमीहरूलाई थाहा छ ? नेपालमा नुनको स्रोत छैन। त्यसैले यसको स्रोत नभएका कारण र करिब ५० वर्षभन्दा पहिले नेपालमा नुन ढुवानीका लागि यातायातको व्यवस्था नभएको कारण नेपालको सबै ठाउँमा नुन र्पुयाउने निकै चुनौतीको विषय थियो। 

त्यतिबेला मानिसले आफूलाई चाहिने नुन तिब्बत, भारतबाट आफैं बोकेर ल्याउँथे। यस्तो समस्या कम होस् भनेर २०२० साल भदौ २७ गते नेपाल सरकारले त्यसबेलाका नुनको मुख्य व्यापारीहरूलाई समावेश गरी ‘साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेट’ को स्थापना गरेको थियो। साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड पब्लिक प्राइभेट पार्टनरसिपको रूपमा स्थापित नेपालको पहिलो संस्था हो। (अन्नपुर्ण पोष्टबाट) 
 

Skip Ad