सुदूर नेपाललाई विश्वसँग जोड्दै

बझाङमा ६३ छाउगोठ भत्काइए

२०७६ माघ २, ०९:३० खबर संवाददाता

बझाङ: जिल्ला प्रशासन कार्यालय बझाङले छाउपडी प्रथा अन्त्य गर्ने अभियान अन्तर्गत ६८ छाउगोठ भत्काएको छ।

जिल्लाका ११ वटा स्थानीय तहमा गरेर ६३ वटा छाउगोठ भत्काइएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक गणेश बमले बताए। 

जयपृथ्वी नगरपालिकामा ४० वटा, खप्तड छान्ना गाउँपालिकामा १५, थलारा गाउँपालिकामा ५, मष्टामा २ र दुर्गाथली गाउँपालिकामा १ वटा छाउगोठ भत्काइसकिएको उनले बताए।

युवा र किशोरीहरुको सक्रियतामा छाउगोठ भत्काउने अभियानमा थालिएको बताइएको छ। 

कमेन्ट लोड गर्नुस