सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीको भण्डारी ब्रदर्समा छापा, गोदाममा सिल

२०७६ माघ २, ०७:११ खबर संवाददाता

धनगढी: धनगढीको भण्डारी ब्रदर्समा जिल्ला अनुगमन समितिले छापा हानेको छ। जिल्ला प्रशासन, वाणिज्य, आन्तरिक राजश्व, भन्सार र घरेलु उद्योगले सयुक्त रुपमा गरेको अनुगमनका क्रममा भण्डारी ब्रदर्समा छापा हानिएको हो।

अनुगमनका क्रममा मेघाश्री गुट्खामा चेतावनीमुलक सन्देश र फोटो नभएको भेटिएको वाणिज्य कार्यालयका प्रमुख कमल पुनले बताए। भण्डारी ब्रदर्सको गोदाममा सिल गरिएको उनले बताए।

कमेन्ट लोड गर्नुस