सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रहरीलाई गाली गर्दै ‘डन्ठे’ भनेको भिडियो डिलिट गरेर माफी मागिन् गायिका आस्था राउतले(भिडियो)

२०७६ माघ २, ०४:२४ खबर संवाददाता

गायिका आस्था राउतले प्रहरीलाई गाली गरेको भिडियो भाइरलका साथै आलोचना भएपछि उनले भिडियो डिलिट गर्दै माफी मागेकी छिन्।

बुधबार त्रिभुवन अन्तर्रािष्ट्रय विमानस्थलमा महिला प्रहरीले आफूमाथि दुव्र्यवहार गरेको आरोप लगाउँदै उनले प्रहरीमाथि गाली गरेको भिडियो आफ्नो फेसबुक पेजमा पोष्ट गरेकी थिइन्। उक्त भिडियोमा उनले प्रहरीलाई ‘डन्ठे’, ‘बन्दुके’ भन्दै आक्रोशपूर्ण भनाइ राखेकी थिइन्।

तर भिडियो भाइरल भएपछि उनले माफी माग्दै भिडियो डिलिट गरेकी छन्। उनले पछिल्लो पोस्टमा भनेकी छन, ‘रिसको आवेगमा वेद पढिँदैन, मलाई पनि त्यस्तै भयो, इनअप्रोप्रियट वर्ड्सहरुका लागि क्षमा चाहन्छु, प्रशासनको हेक्टिक कामहरुप्रति मलाई सधैं नै रेस्पेक्ट छ, तर सर्वसाधारणसँग बोल्दा तुच्छ व्यवहार नगरियोस्, गिभ रेस्पेक्ट, टेक रेस्पेक्ट।’

भिडियो हेर्न यहाँ क्लिक गर्नुस

 

 

कमेन्ट लोड गर्नुस