कैलालीमा जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ
२०७६ माघ १, ०१:००
१५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बर्दगोरीया गाउँपालिका वडा नम्बर १ स्थित उत्तरमुडा बस्ने ३३ वर्षीय गोपाल चौधरीलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।
ती किशोरी घरमा एक्लै भएको अवस्थामा चौधरीले जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय सडकपुर बौनियाबाट खटिएको प्रहरीले पक्राउ गरेको हो। घटनाको थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।
कमेन्ट लोड गर्नुस