सुदूर नेपाललाई विश्वसँग जोड्दै

बाजुरामा एक शिक्षक मृत फेला

२०७६ पुष २९, १०:०९ खबर संवाददाता

बाजुरा: बाजुरामा एक शिक्षक मृत फेला परेका छन्। जिल्लाको खप्तड छेडेदह गाउँपालिका–३ पुडाबाब्लाको काडा भवानी माविमा अध्यापन गराउँदै आएका सिराहा औराही गाउँपालिका–३ घर भएका अन्दाजी वर्ष ५५ का रामदयाल यादव सोमबार साँझ आफ्नै कोठामा मृत फेला परेका हुन। 

सोमबार बिहान छातीदुःखेका कारण विद्यालय नगएको र सोमबार राति नै उनी मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। 

मृत फेला परेका यादवको सुत्ने कोठामा औषधिहरु समेत फेला पारेको प्रहरीले बताएको छ। 

कमेन्ट लोड गर्नुस