सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा कार रोकेर लुटपाट गर्ने ४ जना कारागार चलान

२०७६ पुष २९, ०८:०० खबर संवाददाता

धनगढी: धनगढीमा कार नियन्त्रणमा लिएर लुटपाट गरेको भन्दै पक्राउ परेका युवक कारागार चलान भएका छन्। पक्राउ परेका ६ जना मध्ये ४ जनालाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ भने दुई जनालाई डोटी सुधार गृहमा पठाइएको छ। 

कारागार चलान हुनेमा कञ्चनपुरको भीमदत्त नगरपालिका ३ बस्ने २१ वर्षीय गौरब चन्द,  भीमदत्त नगरपालिका ४ का २६ वर्षीय चिरण बम, कृष्णपुर १ का १९ वर्षीय नरेन्द्र साउँद र  कृष्णपुर घर भई धनगढी उपमहानगरपालिका वडा नम्बर ३ बस्ने २० वर्षीय प्रदीप ऐर रहेका छन्। 

त्यस्तै भीमदत्त नगरपालिका वडा नम्बर १४ का १८ वर्षीय अजय भण्डारी र दार्चुलाको मार्मा गाउँपालिका २ घर भएर धनगढी बस्ने १८ वर्षका पारस सिंहलाई डोटीमा रहेको सुधार गृह पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरिक्षक दक्षकुमार बस्नेतले बताए। 

उनीहरुले गत पुस २८ गते गेटाबाट धनगढीमा आउँदै गरेका गेटा बिस्कुट फ्याक्ट्रीका कर्मचारी सुमित भट्टको बा१८च ९६४३ नम्बरको  निसान गाडी रोकेर लुटपाट गरेका थिए। 

कमेन्ट लोड गर्नुस