सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलाली अस्पतालद्धारा माघीको अवसरमा दृष्टी फाउण्डेसनमा निःशुल्क स्वास्थ्य परिक्षण

२०७६ पुष २९, ०६:४१ खबर संवाददाता

धनगढीमा रहेको कैलाली अस्पतालले माघीको अवसरमा दृष्टी फाउण्डेसनमा निःशुल्क स्वास्थ्य सेवा प्रदान गरेको छ। फाउण्डेसनमा आश्रय लिईरहेकाहरुको स्वास्थ्य परिक्षण गरिएको हो। फाउण्डेसनमा आश्रय लिईरहेका ३० जनलाई मानसिक रोग विषेशज्ञ डाक्टर मोहन वेलवासेले चेकजाँच गरेको कैलाली अस्पतालले जनाएको छ।

विगत एक वर्ष देखि फाउण्डेसनलाई स्वास्थ्य सेवा दिदै आएको अस्पतालले माघीको अवसरमा निःशुल्क स्वास्थ्य सेवा प्रदान गरेको जनाएको छ। मानसिक रोगीको महिनामा दुई पटक स्वास्थ्य जाँच गर्नुपर्छ।

कमेन्ट लोड गर्नुस