सुदूर नेपाललाई विश्वसँग जोड्दै

बाजुरामा पक्राउ परेका विप्लव समूहका कार्यकर्ता कारागार चलान

२०७६ पुष २९, ०६:०२ खबर संवाददाता

बाजुरा: बाजुरामा पक्राउ परेका विप्लव समूहका १६ कार्यकर्ता कारागार चलान भएका छन्। गत कात्तिक २२ गते बाजुराको गौमुल गाउँपालिबाट पक्राउ परेका उनीहरुलाई पुर्पक्षका लागि कारगार चलान गरिएको छ। 

कारागार चलान हुनेमा विप्लवका केन्द्रीय नेता चुडामणि पौडैल, राजेशकुमार शाही, नरेश शाही, डम्बर सुनार, दीपकप्रकाश सुनार, उदय कशेरा, अमललाल थापा, धर्मबहादुर थापा, डबलबहादुर नेपाली, धर्म्सिंह बोहरा, कुश्मा विक, अस्मिता विक, सुस्मिता विक, कमला विक र सृष्टि सिंँह छन्।
 

कमेन्ट लोड गर्नुस