सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीको गोदावरी धाममा मकर मेला सुरु

२०७६ पुष २९, ०३:४७ खबर संवाददाता

धनगढी– कैलालीको गोदावरी धाममा मकर मेला सुरु भएको छ। सुदूपश्चिम प्रदेशका सभामुख अर्जुनबहादुर थापाले एक कार्यक्रमकाबिच मकर मेलाको उद्घाटन गरे।

१२ दिन सम्म चल्ने मेला अवधिभर नव ग्रह शान्ति महा अनुष्ठान, विषेश पुजा तथा पाठ परायण, लक्ष्य हवन, पितृकर्म लगायत आरती तथा भजन कृतन हुने गोदावरी धामका अध्यक्ष पदमराज जोशीले बताए। मेला अवधिभर चार लाख दर्शनार्थिले अवलोकन गर्ने अपेक्षा गरिएको उनले बताए।

मेला अवलोकनका लागि आज र भोली निशुल्क बसको समेत व्यवस्था गरिएको छ। उद्धघाटन कार्यक्रममा पदमा अस्पतालका डाक्टर नर बहादुर मौनी र व्यवसायी मान बहादुर साउँलाई सामाजिक क्षेत्रमा बिशिष्ट योगदान पु¥याएको भन्दै सम्मान गरिएको छ। कार्यक्रममा प्रदेशका सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीको पनि सहभागिता रहेको थियो।

कमेन्ट लोड गर्नुस