अत्तरियादेखि गोदावरी धामसम्म निःशुल्क बस सेवा सञ्चालन
धनगढी– मकर मेला र भ्रमण बर्ष २०२० लाई लक्षित गरी कैलालीको अत्तरियादेखि गोदावरी धामसम्म निःशुल्क बस सेवा सञ्चालन गरिएको छ। गोदावरी नगरपालिकाका नगरप्रमुख हरीसिंह साउँदले मंगलबार बस सेवाको शुभारम्भ गरे।
बस सेवाको शुभारम्भ गर्दै साउँदले मकर मेला लाग्ने ठाउँ गोदावरीमा जानको लागि १० वटा निःशुल्क बस अत्तरिया चोकदेखि गोदावरी सम्म सञ्चालन गरिने बताए। उनले भने– ‘आज राती ९ बजे सम्म बस सञ्चालन गरिने छ।
भोली पनि बिहान ३ बजे देखि नै बस सेवा सुरु गरेर दिनभरी चल्ने छ।’ आजदेखि कैलालीको गोदावरीमा बाह्राशि दर्शन मकर मेला सुरु हुँदै छ।