सुदूर नेपाललाई विश्वसँग जोड्दै

कोरियाको युङनाम विश्वविद्यालयसँग एसपीए धनगढीको सहकार्य

२०७६ पुष २९, ११:५७ खबर संवाददाता

दक्षिण कोरियाको उत्कृष्ट मध्येको एक युङनाम विश्वविद्यालयसँग सुदूरपश्चिमाञ्चल एकेडेमी(एसपीए)विधार्थीआदान–प्रदानमा सहकार्य गर्ने भएको छ। कोरिया भ्रमणमा रहेका एसपीएका प्रबन्ध निर्देशक सुवास शाहीले उक्त विश्वविद्यालयसँग एसपीएले सहकार्य गरेको बताए।

शाही र युङनाम विश्वविद्यालयका अध्यक्ष डा. सुर जुल–शुबीच आइतबार भएको भेटवार्ताका क्रममा उक्त सहकार्य गर्ने समझदारी भएको हो। ‘कोरियाको उत्कृष्ट मध्येको एक विश्वविद्यालयसँगको सहकार्यले एसपीएलाई मात्रै नभएर समग्र सुदूरकै शिक्षालाई फाइदा पुग्ने विश्वास गरेको छु,’ प्रबन्ध निर्देशक शाहीले भने।

कोरियन विश्वविद्यालयसँगको भेटघाटमा धनगढी उपमहानगरपालिकाका नगरप्रमुख निर्प वडको समेत उपस्थिति थियो। यसअघि एपीएले कोरियनकाङवान नेशनल यूनिर्भसिटीसँगको सहकार्यलाई निरन्तरता दिनुका साथै किनयोङ यूनिर्भसिटीसँग नयाँ सहकार्य गर्ने समझदारी गरेको थियो।

कुङवन यूनिर्भसिटीसँग एसपीएको २०१३ मै सहकार्य गर्ने सम्झौता भएको थियो। उक्त सम्झौता अनुरुप एसपीए तथा कुङवनबीच विधार्थी एक्सचेञ्ज तथा छात्रवृत्ति दिने कार्यक्रमहरु सञ्चालित छन्। सोही सम्झौता अनुरुप एसपीएकी कमला साउद उक्त विश्वविद्यायलमा पूर्ण छात्रवृत्तिमा पीएचडी गरिरहेकी छिन्।

केङयोङ विश्वविद्यालयका उपप्रमुख किम जोङ क्यू र शाहीबीच विगतको सहकार्यलाई निरन्तरता दिदैँ भावी दिनमा थप नयाँ कार्यक्रमहरुमा सहकार्य गर्ने समझदारी भएको हो। उक्त विश्वविद्यायलमा हाल ४० जना नेपाली विधार्थीहरु अध्ययन गरिरहेका छन्।

यस्तै धेँगुस्थित किनयोङ विश्वविद्यायलसँग नयाँ सहकार्य गर्ने गरि एमओयू गर्ने तयारी भएको शाहीले बताए। किनयोङ विश्वविद्यायलका शारिरिक शिक्षाका प्रमुख डा. साङबुम पार्कसँग भएको भेटका क्रममा एसपीए र किनयोङले सयुंक्त रुपमा कार्यक्रम सञ्चालन गर्ने समझदारी भएको र चाँडै एमओयू गरिने शाहीले बताए।

सोही विश्वविद्यालयका स्पोर्टसविभागका प्राध्यापक डा. सिद्धार्थ विक्रम पाण्डेले पहलमा उक्त भेटघाट भएको थियो।केही समयमा उक्त विश्वविद्यालयको टोली एसपीएको भ्रमण गर्ने र त्यसले धनगढीको मात्रै नभएर सुदूरपश्चिमकै शिक्षामानविनतम्प्रयास भएको शाहीले बताए।

कमेन्ट लोड गर्नुस