प्रहरीको कुटपिटमा परेकी अधिकारकर्मी चन्दलाई धनगढी ल्याईयो
कञ्चनपुर सदरमुकाममा प्रहरीको कुटपिटमा परेकी भनिएकी अधिकारकर्मी शारदा चन्दलाई उपचारका लागि धनगढी ल्याईएको छ। महाकाली अस्पतालले टाउकोमा गम्भीर चोट रहेकाले उपचारका लागि अन्यत्र लैजान भनेपछि चन्दलाई भर्खरै धनगढी पुगाईएको छ।
टाउको सिटी स्क्यान गर्न धनगढीको सेन्टर डाईग्नोस्टीक्समा सेन्टरमा पुगाईएको चन्दसंगै रहेकी अधिकारकर्मी मीना भण्डारीले जानकारी दिईन्। निर्मला हत्या प्रकरणमा दोषीलाई कारवाहीको माग गर्दै जिल्ला अदालत अगाडी मौन धर्नामा बसेका अधिकारकर्मी चन्दमाथि प्रहरीले कुटपिट गरेको आरोप लगाईएको छ।
प्रहरकिो कुटपिटमा परी चन्द सहित लक्ष्मी मल्ल र आनन्दी राना घाईते भएको बताईएको छ। तर कञ्चनपुर प्रहरीले भने उनीहरुमाथि कुटपिट नगरिएको दावी गर्दै आएको छ।