सुदूर नेपाललाई विश्वसँग जोड्दै

फागुन २ गतेदेखि ‘धनगढी महोत्सव’ लाग्ने

२०७६ पुष २८, ०५:१२

धनगढी: धनगढीमा उपमहानगरपालिका–१५ कनरीमा ‘धनगढी महोत्सव’ आयोजना हुने भएको छ। आगामी फागुन २ देखि ११ गतेसम्म कनरी हुलाकी राजमार्गसंगै जोडिएको खुटिया पुलको उत्तर तिरको खेल मैदानमा उक्त महोत्सव लाग्ने भएको हो।

शिवगंगा सांस्कृतिक, पर्यटन विकास समितिको आयोजनामा पहिलोपटक महोत्सव आयोजना हुन लागेको सोमबार आयोजित पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको छ।

‘संस्कृति, प्रर्यटन, कृषि, उद्योग र व्यापार, सुमुन्त एवं समृद्ध धनगढीको विकासको आधार’ भन्ने नाराका साथ एक वडा एक पर्यटक क्षेत्र पहिचान गर्ने उदेश्यले महोत्सव आयोजना गर्न लागिएको महोत्सवका संयोजक मोति रानाथारुले बताए।

उक्त महोत्सवबाट स्थानीय कला, भेषभुषा, खानपान, लोक संस्कृति र साहित्यको जगेर्ना एवं प्रवद्र्धनमा सहयोग पुग्ने आयोजकले अपेक्षा गरेको छ। साथै कृषि उत्पादनलाई मुख्य प्राथमिकता दिइने आयोजकले जनाएको छ। 

महोत्सवलाई सफल पार्नको लागि विभिन्न उप–समितिहरु गठन गरिएको आयोजकले जनाएको छ। नेपाल भ्रमण वर्ष २०२० को सुरुवात सँगै आयोजना हुने महोत्सवले भ्रमण वर्षलाई सफल पार्न पनि टेवा पु¥याउने विश्वास लिइएको छ। धनगढीमा बढ्दो शहरीकरणतर्फ उन्मुख रहेका अवस्थामा यस महोत्सवले नजिकै रहेका पर्यटकिय स्थलको समेत पहिचान गर्ने आयोजकले दावी छ।

महोत्सवमा औद्योगिक, व्यापार, कृषि तथा पर्यटन मेलासंगै सयभन्दाबढी स्टलहरु रहने छन्। महोत्सवले स्थानीय उत्पादन तथा महिला उद्यमीलाई प्रोत्साहन गर्ने दावी गरिएको छ। यस्तै महोत्सवमा  रमाईलो मेला र बाल उद्यान संञ्चालन हुने छन्। 

महोत्सवमा कृषिमा आधारित वस्तुहरु, अटोमोबाइल, ईलेक्ट्रिकल तथा ईलेक्ट्रोनिक्स सामग्री, दैनिक उपभोग्य बस्तुहरु, तयारी पोशाक, हस्तकलाका बस्तुहरु र जडिबुटि लगायतका प्रर्दशनी रहने आयोजकले जनाएको छ। उक्त स्थानमा पहिलोपटक महोत्सव आयोजना हुन लागेकाले एक लाख दर्शकले हेर्ने अपेक्षा आयोजकको छ। 

कमेन्ट लोड गर्नुस