धनगढीमा भन्सार पास बिना चलाईएको भारतीय कार बरामद
धनगढीमा प्रहरीले भन्सार पास बिना चलाईएको भारतीय नम्बरको कार बरामद गरेको छ। धनगढी उप–महानगरपालिका वडा नम्बर ३ बाट भन्सार पास विना चलाईएको एचपी २४ ए ९७९६ नम्बरको कार बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरिक्षक दक्षकुमार बस्नेतले जानकारी दिए।
उनका अनुसार गाडीका आवश्यक सबै कागजात झिकाईएको छ। कारका विषयमा थप अनुसन्धानपछि मात्रै खुल्ने बस्नेतले बताए। अस्थायी प्रहरी पोष्ट चटकपुरको समन्वयमा कार बरामद गरिएको हो।