सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिममा भ्रमण वर्षमा पर्यटन प्रर्वद्धनात्मक कार्यक्रम शुन्य

२०७६ पुष २८, १२:५७ कमल सावद

नेपाल भ्रमण वर्ष सुरु भएको झण्डै दुई साता पुगेको छ। तर सुदूरपश्चिममा राज्य स्तरबाट पर्यटन प्रवद्र्धनात्मक गतिविधी हुन नसकेको पाईएको छ। स्थानीय र प्रदेश सरकारले भ्रमण वर्षको औपचारिक उद्घाटन गरेपनि अन्य गतिविधी नभएका हुन्।

सुदूरपश्चिम प्रदेश सरकारले धनगढीमा गत जनवरी १ अथवा पुष १६ मा धनगढीमा कार्यक्रम गर्दै भ्रमण वर्ष २०२० को औपचारिक उद्घाटन गरेको थियो। औपचारिक कार्यक्रममा प्रदेशको पर्यटन मन्त्रालयले भारतीय पर्यटकलाई पहिलो प्रथामिक्ता दिएको उद्घोष गर्दै वर्ष भरि विभिन्न कार्यक्रम गर्ने दावी गरेको थियो तर दुई साता बित्नै लाग्दा समेत सरकारले कुनै गतिविधी नगरेको पाईएको छ।

भ्रमण वर्षलाई सफल बनाउन प्रदेश सरकारले गठन गरेको पर्यटन प्रवद्र्धन समितिको बैठक समेत बस्न सकेको छैन् भने मन्त्रालयका वार्षिक कार्यक्रम समेत अलपत्र परेका छन्। तर पर्यटन मन्त्रालयले भने छिट्टै कार्यक्रम अगाडी बढाउने दावी गरेको छ।

प्रदेशको पर्यटन प्रर्वद्धन समितिका सदस्य सचिव तथा पर्यटन मन्त्रालयका सचिव डाक्टर दिपककुमार खरालले औपचारिक कार्यक्रमको समिक्षा गर्न पनि बाँकी रहेको स्वीकार गरे। उनले भने ‘पर्यटन प्रवद्र्धनको बैठक बसेको छैन्। मन्त्री ज्यूबाट निर्देशन भएको छैन्।

धनगढीमा भएको उद्घाटन कार्यक्रमको पनि समिक्षा गर्न बाँकी छ।’ तर अब पहाडी जिल्लामा कार्यक्रम गर्ने योजनामा मन्त्रालय रहेपनि के गर्ने भन्ने कुनै निर्णय भईनसकेको सचिव खरालले बताए। सुदूरपश्चिम प्रदेशको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयको झण्डै ४० प्रतिशत बजेट पर्यटन प्रवद्धनका लागि विनियोजन गरेको छ।

कैलालीको खक्रौला–टीकापुर कर्णाली पर्यटन विकास गन्तव्य निर्माण, महेन्द्रनगर–महाकाली हुदै दार्चुला महाकाली नदी करिडोर निर्माण, धनगढी–बुडर–बझाङ–कैलाश मानसरोवर पर्यटक करिडोर निर्माण र खुटिया–विपिनगर–तेलेलेक–दिपायल–रामारोशन करिडोर निर्माणका लागिका लागि दुई करोड ७० लाख ५७ हजारका दरले १० करोड ८२ लाख २८ हजार विनियोजन गरिएको छ।

तर ती सबै योजना अलत्रप अवस्थामा छन्। उद्योग पर्यटन वन तथा वातावण मन्त्रालय मातहतको पर्यटन कार्यान्वयन ईकाइका प्रमुख किशोर अर्यालले पर्यटनका कार्यक्रम कार्यान्वयनको चरणमा नगएको बताए। उनले भने, ‘कार्यक्रमको अध्ययन गर्न बाँकी छ। प्राविधिक खटाएका छौँ। उनीहरु अध्ययनमा छन्। केही योजनाको उपभोक्ता समिति गठनको प्रकृया थालेका छाँै। चार करिडोरका कार्यक्रमको पनि काम सुचारु भएको अवस्था छैन्।’

प्रदेशमा नेपाल भ्रमण वर्षको औपचारिक उद्घाटन पछि समिक्षा बैठक समेत नहुनु र वार्षिक कार्यक्रम पनि कार्यान्वयनमा नगएकाले पर्यटन विकासमा प्रदेश सरकारको चासो नदिएको आरोप लागेको छ। तर उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयका सचिव खरालले हिउँ परेकाले सुदूरपश्चिममा भारतीय पर्यटक आएकाले प्रदेश सरकार पनि हौसिएको प्रतिक्रिया दिए।

वार्षिक कार्यक्रम अनुसार मन्त्रालयले पर्यटनका गतिविधि अगाढी बढाउने उनले बताए। भ्रमण वर्षको मुखमै सुदूरपश्चिममा भएको हिमपातले भारतीय पर्यटकको आकर्षण बढाएको छ। अहिले सुदूरपश्चिममा विभिन्न नाकाबाट दैनिक झण्डै डेढ हजार बढि पर्यटक भित्रिरहेका छन्। तर प्रदेश सरकारले भने भ्रमण वर्ष लक्षित कुनै गतिविधी अगाडी बढाउन नसकेको पाईएको छ।

कमल सावद, दिनेश खबरका संवाददाता हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस