सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिम प्रदेशसभाको पाँचौं अधिवेशन आह्वान

२०७६ पुष २८, ०६:०३ खबर संवाददाता

सुदूरपश्चिम प्रदेशले माघ ६ गते प्रदेशसभाको पाँचौं अधिवेशन आह्वान गरेको छ। पुस २१ गते बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले प्रदेशसभाको पाँचौं अधिवेशनको पहिलो बैठक माघ ६ गते सोमवार दिउँसो २ बजे आह्वान गर्ने निर्णय गरेको हो।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको प्रस्तावमा मन्त्रिपरिषद्ले प्रदेश सभाको पाँचौं अधिवेशन आह्वान गर्न प्रदेश प्रमुखलाई सिफारिश गर्ने निर्णय गरेको सुदूरपश्चिम प्रदेश सभाका सभामुख अर्जुनबहादुर थापाले जानकारी दिए।

प्रदेशसभा बैठकमा सूचना सम्प्रेषणलाई सहज बनाउन सभा हल नजीकै मिडिया सेन्टरको स्थापना गरिएको थापाले बताए। प्रदेशका ९ ओटै जिल्लासँग प्रदेशसभाको सम्बन्ध स्थापना गर्न, सूचना आदानप्रदान, संसदीय गतिविधि तथा कानून निर्माणबारे जनतालाई जानकारी दिन प्रत्येक जिल्ला समन्वय समितिको कार्यालय र प्रदेश सभामा भिडियो कन्फ्रेन्सको व्यवस्था गरिएको उनले जानकारी दिए।

सुदूरपश्चिम प्रदेशसभाले अहिलेसम्म ३२ ओटा विधेयक पारित गरेको छ। 
 

कमेन्ट लोड गर्नुस